८ बैशाख २०८१, शनिबार
Follow Us

प्रवासी नेपाली मंच जर्मनीको अध्यक्षमा युबराज अधिकारी

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७९, शुक्रबार १८:५८

लण्डन । प्रवासी नेपाली मंच जर्मनीको छैटौं राष्ट्रीय अधिवेसन गत शनिवारमा भव्यरुपमा सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य, बिदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जर्मनीभरबाट हाम्रा नेता तथा सुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो। उक्त अधिवेसनले सर्वसम्मतिले निम्न पदाधिकारी र सदस्यहरु रहेको कार्यसमिति चयन गरेको छ। मंचको अध्यक्षमा युबराज अधिकारी सर्वसम्मत भएका छन् ।

यस्तै उपाध्यक्षमा डा यज्ञ अधिकारी, सचीवमा सनत कुमार गौतम, उपसचिवमा समीर श्रेष्ठ, उपसचिवमा पुर्णलक्ष्मी कार्की, सदस्यहरुमा भोजराज त्रिपाठी, मदन दाहाल, रबि ढुंगाना, मुना बास्कोटा, काजी याल्मो, रामप्रसाद तिवारी चयन भए ।

अधिवेसनमा प्रमुख अतिथिको रुपमा विदेश विभाग प्रमुख डा राजन भट्टराई सहभागी थिए। उनले प्रवासी नेपाली मन्च युरोप ईन्चार्ज भक्त वाग्ले, युरोप कमिटिका अध्यक्ष गोबिन्द पौडेल, एनआरएनए युरोप शाखा बिभाग सचिब डा चिरन्जिव खड्कालाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष युबराज अधिकारीको वक्तव्यको पूर्णपाठ ।

साधारणसभामा प्रबासी नेपाली मन्च जर्मनीका भुतपुर्व अध्यक्षहरु, कमरेड सन्तोष भट्टराई, कमरेड खडग न्यौपाने, कमरेड नवराज रोस्यारालाई हार्दिक धन्यवाद भन्न चाहन्छु । यसै गरी जुमको माध्यमबाट अधिवेसन सफलताको शुभकामना दिनु हुने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङलाई बिशेष धन्यवाद भन्न चाहन्छु । कार्यक्रममा सुमधुर संगीतले भरपूर मनोरञ्जन पुर्याउनुहुने कमरेड खडग न्यौपाने, कमरेड लिलाराज कार्की, कमरेड देबि न्यौपाने, कमरेड पुर्णलक्ष्मी कार्की, जोर मादल बजाएर हामीलाई साथ दिनु हुने दाजु चन्द्र श्रेष्ठ, हार्मोनियम उपलब्ध गराउनु हुने टंक लम्साल लगायत सम्पुर्णमा हार्दिक धन्यवाद भन्न चाहन्छु।

कार्यक्रममा उपस्थित भई आफ्ना महत्वपूर्ण सुझावसहित शुभकामना मन्तब्य राख्नुभएका प्रबाशी नेपाली मंच जर्मनीका सस्थापक महासचिव तथा एनआरएनए ग्लोबलका निबर्तमान अध्यक्ष कमरेड कुमार पन्तलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।
उपस्थित सम्पुर्णलाई मीठो नेपाली खाना खुवाउनु हुने नमस्ते नेपाल टिमका भगवान बस्नेत र बृहस्पति सापकोटालाई विशेष धन्यवाद, जस्ले रात दिनको मिहिनेतले मीठो खाना खुवाउनु भयो।
कार्यक्रम हल तथा बासस्थानको ब्यवस्थापन गरिदिनुहुने कमरेड कुमार पन्त र उहाँको टिमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न उपस्थित हुनु हुने हाम्रा मंचका साथीहरु लगायत एनआरएनए जर्मनीका भुतपुर्व तथा बर्तमान सम्पुर्ण साथीहरु, साथै अहोरात्र खटेर छैठो अधिवेसन सफलतापूर्वक आफ्नो दायीत्व पूरा गरी नया कमिटी निर्माण गरी कमिटी हस्तान्तरण गर्नुहुने निबर्तमान अध्यक्ष तथा उहाँले नेतृत्व गर्नु भएको सम्पुर्ण टीमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अन्त्यमा म र मेरो टिमलाई बिश्वास गरी अधिवेसन हलबाट तपाईंहरुले दिनुभएको यो महत्त्वपूर्ण जिम्मेवारी तपाईंहरुको साथ सहयोग र सुझावले पूरा गर्ने सङ्कल्प र प्रतिबद्धता जनाउन चाहन्छु।
युबराज अधिकारी
अध्यक्ष
प्रवासी नेपाली मंच जर्मनी
९ जुन २०२२, जर्मनी।