१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्ति नगरपालिकालाई स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७९, शुक्रबार १९:०८

लण्डन । गैरआवासीय नेपाली संघले चितवन जिल्लाको राप्ति नगरपालिकाका प्रमुख शम्शेर लामालाई ३ थान कन्सन्ट्रेटर र ६००० थान मास्क हस्तान्तरण गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा मेयर लामाले संघप्रति आभार प्रकट गर्नु भयो । साथै भविष्यमा विभिन्न सामाजिक कार्यकम संघ संग समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै उक्त सामाग्रीहरु विपन्न वर्गका समुदायको हितमा प्रयोग गरिने जानकारी समेत गराउनु भयो ।

यसरी नै संघका प्रवक्ता सोम सापकोटाले संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको र कोभिड १९ को नियन्त्रण लागि संघले विश्वमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग नेपाल सरकार तथा विभिन्न सरोकारवालालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको जानकारी पनि गराउनु भयो ।

उक्त कार्यक्रममा एनसिसि कम्बोडियका अध्यक्ष लालसिंह खड्का, साउथ सुडानका प्रतिनिधि राम प्रसाद पाध्य र एनसिसि कतारका सदस्य ईश्वर पौडेलको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन श्री पौडेलले गर्नु भएको थियो ।