१३ बैशाख २०८१, बिहीबार
Follow Us

लक्ष्मी र जीवनको को छर मेरो भन्ने गीत सार्वजनिक

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७९, शनिबार ०३:३२

काठमाडौं । नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । को छर मेरो भन्ने बोलको गीतमा लक्ष्मी र जीवनमो माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ ।

गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिएका छन् । उनीहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राखे । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।