१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा र एनआरएनए प्रतिनिधि मण्डलबीच बालुवाटारमा भेट

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७९, शनिबार ०७:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेको छ ।

संघका अध्यक्षद्धय कुल आचार्य र डा. बद्री केसीको नेतृत्वमा शनिवार बालुवाटार पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई गैरआवासीय नेपाली संघले उठाउदै आएका नागरिकताको निरन्तरता, लगानी लगायतका विषयमा आफ्ना भनाईहरु राखेको थियो ।

प्रतिनिधि मण्डलमा गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेल, उपाध्यक्ष नरेन्द्र भाट लगायत संघका पदाधिकारीहरु उपस्थित थिए ।

गैरआवासीय नेपाली संघले आफ्ना मुद्दाहरुको बारेमा आगामी मंगलवार काठमाण्डौंमा सरोकारहरुसंग बृहत अन्तरक्रियाको आयोजना गर्दैछ । नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, वैदेशिक रोजगार, डलर खाता, सामाजिक सुरक्षाकोष लगायतका विषयमा छलफल हुने एक दिने कार्यक्रममा प्रधानमन्त्री देउवालाई समेत आमन्त्रण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । ।

काठमाण्डौस्थित र्याडीसन होटलमा आयोजना हुने सो कार्यक्रममा भाग लिन संघका पदाधिकारीहरु काठमाण्डौं उत्रिएका छन् ।