१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इंग्ल्यान्ड र इटालीको बराबरी, जर्मनी रोकियो

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७९, आईतवार ०६:०३

लन्डन । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दा जर्मनी बराबरीमा रोकिएको छ । समूह ए३ को तेस्रो खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढे । खराव प्रदर्शनबाट गुज्रिरहेको इंग्ल्यान्ड घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो ।

यता, अर्को खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको छैटौ मिनेटमा जिसोल्ट नाग्यले गोल गर्दै घरेलु टोली हंगेरीलाई अग्रता दिलाए । भ्रमणकारी टोली जर्मनीका लागि नवौँ मिनेटमा जोनास होफम्यानले बराबरी गोल गरे ।

खेलसँगै कतार विश्वकप २०२२ बाट बाहिरिएको इटाली तीन खेलबाट ५ अंक बनाउँदै शीर्षस्थानमा छ । ४ अंकको हंगेरी दोस्रो स्थानमा रहँदा जर्मनी ३ अंक सहित तेस्रो र २ अंकको इंग्ल्याण्ड पुछारमा छ ।

नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमको बराबरी
शनिबार राति भएको खेलमा नेदरल्यान्ड र पोल्यान्ड तथा वेल्स र वेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ए ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।

अर्को खेलमा वेल्स र वेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै वेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो । खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे ।