११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल ब्रिटेन डट कम नवौं बर्षमा

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७३, आईतवार ११:५२

सूचना प्रविधिको विकासँगै डिजिटल पत्रिकारिता मौलाउन सुरु भयो । हामीले यो प्रविधिलाई गैरआवासीय नेपाली संघको अभियानसँग जोड्ने प्रत्यन ग¥यौं । आजभन्दा ठीक ९ वर्षअघि डिजिटल पत्रिकाको माध्यमबाट नेपाल र नेपाली समाजको खबर संसारभर पु¥याउँने जमर्को स्वरुप हामीले नेपाल ब्रिटेन डट कमको आरम्भ गरेका हौं । साथै विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकसूत्रमा बाँध्ने गैरआवासीय नेपालीको प्रयत्नलाई साथ दिनु पनि हाम्रो उद्देश्य हो ।
डिजिटल पत्रिकाको सकरात्मक र नकरात्मक दुवै पक्ष हाम्रो समाजमा जगजाहेर छ । व्यक्तिगत गालीगलौजदेखि मागिखाने भाँडोसमेतका रुपमा डिजिटल पत्रिका उपयोग भएको देख्न र सुन्नमा आएका छन् । यो दुःखद पक्ष हो । हामीले गैरआवासीय नेपाली संघको अभियान र नेपाली समाजको तीता मीठा कुरालाई संसारभर छरिएर रहनुभएका नेपाली समुदायमा पु¥याउनका लागि मात्र यो प्रविधि उपयोग गरेका छौं । हामीले यसबाट कहिल्यै नाफा खोजेनौं, थोरै खर्चमा समय सापेक्ष र परिस्कृत सामाग्री प्रकाशित गर्न जमर्को ग¥यौं । यो सानो जमर्कोबाट प्राप्त उपलब्धि नेपाली समाजसँग सेयर गर्न दिनरात हामी लागिरहेयौं, लागिरहने छौं । हाम्रो यो यात्रा डगमगाउने छैन, निरन्तर जारी रहनेछ ।
हामीले यस वर्षदेखि हाम्रो साइटलाई समयअनुकूल परिमार्जन गरेका छौं । अब हाम्रो साइट हेर्नका लागि पिसी वा ल्यापटप खोलिरहन आवश्यक पर्दैन । मोबाइलबाट पनि सूचनाका खुराक पाठकसमक्ष पु¥याउने प्रयत्न हामीले यस पटकदेखि गरेका छौं ।
हामीले विगत केही वर्ष अघिदेखि बेलायतमा बसेर नेपाली समाजमा योगदान पु¥याउने शीर्ष १० व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएका छौं । गत वर्ष हामीले शीर्ष दस व्यक्तित्व घोषणा गरेर पनि प्राविधिक कारणले सम्मान कार्यक्रम आयोजना गर्न सकेनौं । उहाँहरुलाई पनि हामीले यसपटकसम्मान गरेका छौं । साथै, नेपाल ब्रिटेन डट कमले शीर्ष व्यक्तित्वलाई सम्मान गर्ने मात्र होइन, एनआरएन अभियानमा जुट्नु भएका अग्रज व्यक्तित्वमाँझ नेपालको वस्तुस्थिति अनुकूल एनआरएनले के गर्दैछ, के गर्नुपर्छ भन्ने विषयमा पनि छलफल आरम्भ गरेका छौं ।
नेपाली समाजको भलाई र उन्नतिका लागि मात्र होइन, प्रवासमा नेपालीहरुले गरेको तरक्कीलाई संसारभर फैलाउने हाम्रो उद्देश्य हो । यो हाम्रो उद्देश्य एनआरएन अभियानबाट पे्ररित हो भन्न मलाई संकोच लाग्दैन । यो उद्देश्यका लागि मेरो एक्लो बल बुताले भ्याउँदैन, धेरै साथीहरुको सरसहयोग चाहिन्छ । र, अहिलेसम्म पाइरहेको छु । पाठक र विज्ञापनदाता हाम्रा अमूल्य निधि हुन् । हाम्रो यो एक दशकको यात्रामा समाचार समाग्री उपब्ध गराएर, लेख रचना उपलब्ध गराएर, विज्ञापन उपलब्ध गराएर समाचार तथा लेख रचना सम्पादनको जिम्मेवारी निर्वाह गरेर, लेआउटको जिम्मेवारी निर्वाह गरेर सहयोग पु¥याउनु हुने तमाम साथीहरुप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गर्दछु । साथै निरन्तर सहयोग प्राप्त हुने विश्वास प्रकट गर्दछु ।

धन्यवाद !
चिरञ्जीवी ढकाल
अध्यक्ष
नेपाल ब्रिटेन डट कम