१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७९, सोमबार ०५:२९

मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छन् । अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्थाबारे आफ्नो भ्लगमार्फत जानकारी गराएका छन् । अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ । यो भिडियोमा महिमा चौधरी आफ्नो रोगबारे कुरा गर्दै भावुक भएकी छन् ।

सबै कपाल गएपछि केही समय यताबाट आफूमा आत्मविश्वास नरहेको उनले बताएकी छन् । तर, अनुपम खेरले उनलाई फिल्म अफर गरेका थिए । सुरुमा स्वास्थ्य अवस्थाकै कारण उनले अनुपमको फिल्म खेल्न सकिनन् ।

तर, अहिले महिमा चौधरीले आफू ठिक हुँदै गएको बताएकी छन् । उनले नक्कली कपाल लगाएर अब अनुपम खेरको फिल्ममा काम गर्ने भएकी छन् । घरमा बस्दा आत्मविश्वास झन् खस्कने भएकाले उनी फिल्ममा आउने पक्षमा छिन् ।

आफ्नो स्वास्थ्यमा निकै सुधार आएकाले उनी फिल्ममा प्रस्तुत हुन लागेकी छन् । यसै क्रममा उनी छायांकनका लागि फिल्मको सेटमा पुनरागमन भएकी छन् । महिमा चौधरी अब अनुपम खेरको फिल्म द सिग्नेचरबाट कमब्याक गर्दै छिन् ।

आफूले नक्कली कपाल लगाएर भए पनि फिल्म खेल्दा क्यान्सर पीडित महिलाको आत्मविश्वास बढ्ने उनको कथन छ । अभिनेत्री मनिषा कोइरालाले पनि क्यान्सर जितेर फिल्म खेल्दै आएकाले आफूले पनि क्यान्सर जित्ने नायिकाको विश्वास छ ।