१३ बैशाख २०८१, बिहीबार
Follow Us

गायनमा फर्किन् समीक्षा अधिकारी

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार ०६:०६

काठमाडौं । गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।

उनले गायक टिकाराम कट्टेलसँग युगल रुपमा नयाँ गीत ‘चिना र जोखना’ दर्शकमाझ ल्याएकी छिन् । यो गीतमा दीपक शर्माको शब्द छ । गीतमा संगीत पनि दीपक शर्माले नै गरेका हुन् । गीतमा नरेन्द्र वियोगीको एरेञ्ज छ ।

यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । गीतको भिडियो आकर्षक बनेको छ । भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीको पनि अभिनय छ ।

माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफीमा भिडियो तयार भएको हो । भिडियो द डिभाइन म्यूजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।