१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले नेताहरुसंग लण्डनमा अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
१ असार २०७९, बुधबार १८:५८

लण्डन । बेलायतमा आगामी हप्ता नेकपा एमालेका नेताहरुसंग अन्तरक्रियाको आयोजना गरिने भएको छ ।

बेलायतको एक संसदीय समितिको निमन्त्रणामा आगामी हप्ता लण्डन आउन लागेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे सहितको टोलीसंग प्रवासी नेपाली मंच यूकेले सो अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।
जुन २१ तारिख लण्डनस्थित सारस रेष्टुरेन्टमा आयोजना हुने सो कार्यक्रममा सांसद कृष्ण प्रसाद दाहाल र पदम गिरी समेतको उपस्थिती रहने मंचले जनाएको छ ।