१५ चैत्र २०८०, बिहीबार
Follow Us

१० अर्ब लगानी ल्याउन समस्या : एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो

नेपालब्रिटेन डट कम्
२ असार २०७९, बिहीबार १८:२७

काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उप्रेन्द्र महतोले १० अर्ब लगानी ल्याउन समस्या परेको बताएका छन्।

गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा बोल्दै महतोले सरकारले स्पष्ट बाटो नखोलेका कारण एनआरएनए डेपलपमेन्ट फण्डमा १० अर्ब पुर्याउन समस्या भएको बताए।

‘अफिस सञ्चालन भएको ६ महिना भइसक्यो, आएको पैसा पनि लगानी गर्न पाइएको छैन’ उनले भने। प्रक्रिया सहज बनाइदिए छिट्टै विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताए।

‘पैसा विदेशी मन नेपाली भनेर हुँदैन। साझा धारणा बनाएर जानुपर्छ’, उनले भने,‘परिभाषा विविध किसिमले दिँदा अन्योल सिर्जना हुन्छ।’ पैसा लगानी हुन सकेन । प्रशासनिक खर्च भयो । बहाना हजारवटा छन्। दोषारोपण गरेर केही हुनेवाला छैन’ उनले भने।

बोलेर देश बनाउन नसकिने भएकाले छिट्टै जिम्मेवारी दिन उद्योग मन्त्रालयका सचिवसँग आग्रह गरे। त्यसरी आएको पैसा ९९ प्रतिशत नेपालमै रहने विश्वास व्यक्त गरे। प्रक्रिया सहज भएमा १० अर्ब मात्र होइन, छिट्टै ५० अर्बको पु¥याउन सकिने बताए।

‘नेपाल डेभलपमेन्ट फण्डको जिम्मेवारीमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पहिलो मौका दिएका छौं’ उनले भने,‘यहाँ ठूला लगानी भन्दा साना लगानीकर्ताले प्राथमिकता पाउनेछन्।’

सरकारले लगानीमा सहज प्रक्रिया अबलम्बन गरेमा छिट्टै एक अर्ब डलर खाता खोलेर विदेशी मुद्रा नेपाल ल्याउने बताए।