१९ बैशाख २०८१, बुधबार
Follow Us

मेहन्दी सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
३ असार २०७९, शुक्रबार २३:३०

गायक आनन्द कार्कीद्वारा स्वरबद्ध गीत मेहन्दीको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका शोभा पाण्डेले कार्कीलाई साथ दिएकी छिन् । अधिवक्ता एवं गीतकार स्वीकृती बरालको शब्द रहेको गीतलाई एन बी जनकपुरीले संगीतबद्ध गरेका छन् । यशराज गराच र ऋचा थापा फिचर्ड गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफ्रर प्रशान्त तामाङ हुन् भने भिडियोको छायांकन मुकेश हुमागाईले गरेका छन् ।

शुक्रबार फूलबारी नेपालको अफिसियल यूट्यूब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । विवाहको सिजनलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको गीतकार स्वीकृति बरालको भनाई छ ।