१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा ‘एनआरएन स्वास्थ्य सम्बन्धी हटलाइन’ स्थापना गर्न छलफल

नेपालब्रिटेन डट कम्
६ असार २०७९, सोमबार २३:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिले अमेरिकामा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिने उदेश्यले स्वास्थ्य हटलाइन स्थापनाको लागि छलफल शुरु गरेको छ ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार समितिले संयुक्त राज्य अमेरिकास्थित नेपाली दुतावासको सहकार्यमा त्यस्तो सेवा ल्याउन छलफलको सुरुआत गरेको हो ।

सापकोटाले सोमवार अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँगको भेटघाटमा अमेरिकास्थित नेपाली समुदायको हितको लागि स्वास्थ्य सम्बन्धी हटलाइन प्रभावकारी हुने विषयमा जानकारी गराए ।

सापकोटाले एनआरएनएको विश्व स्वास्थ्य समितिका गतिविधिबारे राजदुत खत्रीलाई जानकारी गराएका थिए । भेटमा प्रवासी नेपालीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्ने सम्बन्धमा राजदुतसंग छलफल भएको सापकोटाले जानकारी दिए ।

भेटकोक्रममा राजदुत खत्रीले अमेरिकास्थित नेपाली राजदुतावास गैरआवासीय नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।