१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्याज बढ्दैमा बेलायतमा घर किन्न अप्ठ्यारो पर्दैन्

नेपालब्रिटेन डट कम्
७ असार २०७९, मंगलवार २३:३७

लन्डन । बैंक अफ इंल्यान्डले घरजग्गाको कर्जामा व्याजदर बृद्धि गरेपछि बेलायतमा घरजग्गा व्यवसायको भविष्यका बारेमा चिन्ता सुरु भएको छ । बैंकले ९ वर्षकै उच्चदर १.२५ प्रतिशत व्याजदर तय गरेपछि बेलायतको घरजग्गा कारोवारमा उथलपुथल हुने आशंका गरिएको छ । तर, बेलायतस्थित नेपाली मर्गेज एड्भाइजरहरुले भने घरजग्गा किन्न योजना नरोक्न सल्लाह दिएका छन् ।

नेपालब्रिटेन डट कमसँगको कुराकानीमा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रमुख मीन दर्लामीले बेलायतमा घरको मूल्य घट्ने सम्भवना कम रहेको बताए । उनले घरको माग उच्च रहेको बताए, भने, ‘अत्याधिक माग हुँदा मूल्य घट्ने सम्भवना न्यून रहन्छ ।’

उनले मर्गेज मार्केट समेत प्रतिस्पर्धी भएको कारणले बेलायतमा रहेका मर्गेज लगानीकर्ताहरुले समेत न्युनत व्याजदरमा ऋण दिन सक्ने बताए । बेलायतमा पहिलो पटक घर खरिद गर्नको लागि कहिलै खराव समय नहुने भन्दै भाडाको घरमा बस्न भन्दा आफ्नै घर किन्न उनको सुझाव थियो ।

मर्गेज म्यार्टसका प्रमुख ऋषि खनालले नेपाली समुदायलाई व्याज बढ्यो भनेर पहिलो घर किन्न पछि नहट्न आग्रह गरे । उनले घर वा फल्याट बेलायतको जुनसुकै ठाउँमा भए पनि किन्न आग्रह गरे । तर दुई वा त्यो भन्दा बढी (वाई टु लेट) घर किन्दा भने आफ्नो आम्दानीको ख्याल गर्न आग्रह गरे । उनले घर किन्न भन्दा पहिलादेखि आर्थिक योजना बनाएर अघि बढ्न उनले सुझाव दिए ।

Click Here for Video Interview