१२ बैशाख २०८१, बुधबार
Follow Us

लुकाकु इन्टर मिलानमा अनुबन्धित

नेपालब्रिटेन संवाददाता
८ असार २०७९, बुधबार ०५:३९

लन्डन । इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई ऋणमा अनुबन्ध गर्ने भएको छ । इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि अनुबन्ध गर्न सहमत भएको हो । २९ वर्षीय लुकाकुलाई ८ मिलियन युरोमा अनुबन्ध गर्न लागिको बताइएको छ ।

बेल्जियमका फरवार्ड लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७ दशमलव ५ मिलियन पाउण्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए । सात वर्षपछि चेल्सी फर्किएका उनले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए । लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाडेर उनी एभर्टन गएका थिए । एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १६६ खेल खेल्दै ८७ गोल गरेका थिए ।

सन् २०१७ मा म्यानचेष्टर युनाईटेडमा अनुबन्धित भएका उनले ९६ खेल खेल्दै ४२ गोल गरे । युनाईटेडपछि उनी सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए । लुकाकुले गएको सिजनमा चेल्सीका लागि १५ गोल गरेका थिए ।