११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस नेता डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया हुने

नेपालब्रिटेन डट कम्
८ असार २०७९, बुधबार २१:००

लण्डन । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका नेता रिजालसंग आगामी शनिवार जनसम्पर्क समिति बेलायतले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको समितिका सभापति युवराज गुरुङले जानकारी दिए ।

फेलथामस्थित नमस्ते गोर्खामा आयोजना हुने कार्यक्रममा सांसद प्रमिला राई समेतको उपस्थिती रहने जनसम्पर्क समितिले जनाएको छ ।

दिउँसो ११ बजेबाट शुरु हुने कार्यक्रममा उपस्थित हुन बेलायतस्थित नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताहरुलाई जनसम्पर्क समितिले आग्रह गरेको छ ।