१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गौरिकालाई एनओसी अवार्ड

नेपालब्रिटेन डट कम्
९ असार २०७९, बिहीबार १८:३२

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दीपक मगर र महिलातर्फ संगीना वैद्यले प्राप्त गरिन् । उत्कृष्ट संघको अवार्ड भने नेपाल तेक्वान्दो संघले प्राप्त गरेको छ ।

त्यसैगरी एनओसीले चार जना खेलकुद पत्रकारलाई पनि सम्मान गरेको छ । कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे भने बीबीसीका खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन् ।

यसैगरी कान्तिपुर टेलिभिजनकी सविना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड र राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरेका छन् ।