१५ चैत्र २०८०, बिहीबार
Follow Us

काठमाडौ महानगरपालिकाका मेयर बालेनसंग एनआरएनएले सहकार्य गर्ने

नेपालब्रिटेन डट कम्
९ असार २०७९, बिहीबार १८:४८

गैरआवासीय नेपाली संघको प्रतिनिधि मंडल र हालसालै निर्वाचित काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। काठमाडौँ महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैरआवासीय नेपाली संघले काठमाडौँ महानगरपालिका संग सहकार्य गरी काठमाडौ महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएकोखण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ,त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताएका छन् ।

भेटको क्रममा मेयर शाहले काठमाडौंको कला-संस्कृति,सम्पदा लाई विश्व सञ्जालमा चिनाउनको निमित्त गैरआवासीय नेपाली संघ लाई आग्रह गरेका छन् त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गर्नुभएको थियो । गैरआवासीय नेपाली संघले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताएका छन् ।