१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्कटल्याण्डमा लण्डन दुतावासको घुम्ती सेवा आगामी आइतवार र सोमवार

नेपालब्रिटेन डट कम्
१० असार २०७९, शुक्रबार २१:०३

लण्डन । सेवाग्राहीको सुविधालाई मध्येनजर गर्दै नेपाली दुतावास लण्डनले स्कटल्याण्डमा घुम्ती सेवा दिने भएको छ ।
गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार आगामी आइतवार र सोमवार दुतावासले सो सेवा दिन लागेको हो ।

नेपाली दुतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिने टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा दिने भएको छ ।

सो सेवा संचालन गर्न नेपाली दुतावासको टोली शनिवारनै स्कटल्याण्ड पुग्ने भएको छ ।

एनआरएनए स्कटल्याण्डको सूचना

गैर आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले नेपाली दुतावास लण्डनसंग यो महिना स्कटल्यान्डमा घुम्ती सेवाको कार्यक्रम राखेको जानकरी गर्दछौ। यस कार्यक्रममा सम्पूर्ण स्कटल्यान्डबासीले आफ्नो पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरु गर्न मिल्ने जानकारी गर्दछौ। दुतावासका साथीहरु भोलिनै स्कटल्यान्ड आउने कुरा अबगत गराउदछु र हजुरहरु कसैलाई पनि आफ्नो पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरु गर्नु परेमा मलाई ०७८७७१२६७६७ सम्पर्क गर्न अनुरोध गर्दछौ।

यसका साथसाथै हामीले Aberdeen and Livingston कार्यक्रम राखेको छौ र कार्यक्रमको लागी मिति, स्थान तथा समय निम्न अनुसार रहेको जानकारी गर्दछौ !
कार्यक्रमको बारेमा थप जानकारी, सल्लाह- सुझाबको लागि मलाई ०७८७७१२६७६७ मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।
धन्यवाद

अध्यक्ष
काशिराम भण्डारी
गैरआवासीय नेपाली संघ यूके
राज्य समन्वय परिषद स्कटल्यान्ड

www.nrnascotland.com
E- [email protected]