८ बैशाख २०८१, शनिबार
Follow Us

श्रीलंकाले जित्यो एक दिवसीय शृंखला

नेपालब्रिटेन संवाददाता
११ असार २०७९, शनिबार ०४:४५

घरेलु टोली श्रीलंकाले अष्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय शृंखला जितेको छ । पाँचौ तथा अन्तिम खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएपछि श्रीलंकाले शृंखला ३–२ ले जितेको हो । १६१ रनको मध्यम लक्ष्य अष्ट्रेलियाले ३९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै मार्नुसले ३१ तथा मिचेल मार्शले २४ रन जोड्दा क्यामरुन ग्रीन २५ रनमा अविजित रहे । श्रीलंकाका दिनुथ वेलागेले ३ तथा महिस थिकसनाले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव १ ओभरमा १६० रनमा रनआउट भएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै कुशल मेन्डीसले २६ रनमा आउट भए । अष्ट्रेलियाका जोश हेजलउड, म्याथ्यु कुहनेमन र प्याट कुमिन्सले समान २२ विकेट हात पारे । श्रीलंकाका चामिका करुणारत्ने म्यान अफ द म्याच तथा कुशल मेन्डीस म्यान अफ द सिरिज चुनिए ।

शृंखला अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया २ विकेटले विजयी भएको थियो । त्यसपछि श्रीलंकाले दोस्रो खेल २६ रनले, तेस्रो खेल ६ विकेटले र चौथो खेल ४ रनले जितेको ।

यसअघि नै चौथो खेलमा विजयी हुँदै शृंखला ३–१ ले जित्दै श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला जितिसकेको थियो ।