१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसंग लण्डनमा अन्तरक्रिया सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ असार २०७९, सोमबार १९:१०

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा शनिवार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

लन्डन सहरस्थित फेल्थामको नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समितिका युवराज गुरुङले गरेका थिए भने विशेष नेपाली काँग्रेसका नेतृ प्रमिला राई रहेकी थिइन् । यस्तै अतिथि हङ्स्लोका मेयर विष्णु गुरुङ पनि अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै सांसद मिनेन्द्र रिजालले बेलायतबाट नेपालले लिन सक्ने कुरा धेरै रहेको बताए । ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि बेलायतसँग अझैं प्रगाड सम्बन्ध होला भन्ने आशा लिएको छु ।’, उनले भने ।

यस्तै, विशेष अतिथि नेतृ प्रमिला राई काँग्रेसले युवाहरुको बारेमा सोच्नुपर्ने बताइन् । युवाहरुको बारेमा नसोचे काँग्रेस कमजोर हुने उनको भनाई थियो । ‘यदि युवाहरुको बारेमा नसोच्ने हो भने काँग्रेसमात्रै हैन यो देशको पनि कमजोर हुन्छ ।’, उनले भनिन् ।

समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति युवराज गुरुङले गोर्खाहरुको मुद्दा लगभग टुंगोमा पुगेको बताए । गुरुङले फलाम तात्तिएको बेला घनले हान्दा चाहेजस्तो आकार दिने बताउदै अहिले गोर्खाहरुको मुद्दा तात्तिएको अवस्थामा रहेको हुँदा यस मुद्दालाई संसदमा उठाइदिन सांसद मिनेन्द्र रिजाल र प्रमिला राईलाई अनुरोध समेत गरे ।

कार्यक्रमको संचालन समितिका महामन्त्री तथा नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रधिनिधि इन्द्रहाङ लिङ्देनले गरेका थिए ।