१५ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाको टेक्सासमा एक लरीभित्र ४६ जना मृत फेला

नेपालब्रिटेन डट कम्
१४ असार २०७९, मंगलवार ०२:१९

लण्डन। अमेरिकाको टेक्सासमा ४६ जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४६ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ । अन्य १६ जनालाई अस्पताल लगिएको छ। मृतकहरू आप्रवासी भएको बताइएको छ । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा एउटा ठूलो ट्रकको वरिपरि अहिले ठूलो संख्यामा आपतकालीन उद्धारकर्ताहरू देखिएका छन् ।

गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका- मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ । सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ ।