१५ चैत्र २०८०, बिहीबार
Follow Us

पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

नेपालब्रिटेन डट कम्
१५ असार २०७९, बुधबार ०२:१०

काठमाडौं। पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् ।

अग्नि– डा नवराज लम्साल

अर्काे भोर– केशवराज ज्ञवाली

एक सम्बोधन समयमाथि – दीनानाथ शर्मा

काफ्काको काम सकियो– राजव

गुरु– कविता राई

छाइल – लोकराज भट्ट

ताल्चा– दिलीप बान्तवा

निनाद – बल्लरी अलका आत्रये

पैतालामा हिउँ, आँखामा हिमाल– राजेन्द्रमान डंगोल

भिक्षूसँग प्रेम– उषा हमाल

भोजपुरको बाङ्मय – डा विप्लव ढकाल

महाभारा – बसन्त बस्नेत

मिथ्या– दीपक पराजुली

यादहरूको संग्राहलय– केवल विनाबी

सत्यमोहन– गिरीश गिरी