August 14, 2022
4:51 AM | 9:36 AM
कला तथा मनोरन्जन

‘ज्योतिषीले भनेको’ सार्वजनिक

  29/06/2022 मा प्रकाशित

प्रमोद भट्टराईको शब्दमा गीति भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपानेले भरेका छन् । सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र युवा गायक निशान भट्टराईको मिठासपूर्ण स्वर सुन्न सकिन्छ । गीतमा एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् ।

गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश प्रवाह गरिएको बताए । डान्सिङ नम्बरको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले ठूम्का लगाएका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदको नै छ ।

प्रतिक्रिया