August 14, 2022
4:19 AM | 9:04 AM
ताजा खबर

आफ्नै घरमा आगो लगाएर श्रीमति मार्न खोज्ने पक्राउ

  29/06/2022 मा प्रकाशित

दाङ । तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका-९ बेलुवानिवासी उज्जवल श्रेष्ठले पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी श्रीमति २८ वर्षीया माया श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाईते श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठकी श्रीमतिले आफूलाई पेट्रोल छर्केर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन् ।

आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभीलगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

श्रेष्ठ श्रीमतीसँग पटक-पटक विवाद भएकाले आफू तनावमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरीसमक्ष श्रेष्ठले बयान दिएका छन्। आगो लगाउने श्रेष्ठ हाल प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया