१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाः विज्ञ सम्मेलनको उद्धघाटन कांग्रेस महामन्त्री शर्माले गर्ने

नेपालब्रिटेन डट कम्
१७ असार २०७९, शुक्रबार १८:०४

लण्डन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार अमेरिका प्रस्थान गर्दैछन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको निमन्त्रणामा महामन्त्री शर्मा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति प्रस्थान गर्ने कार्यक्रम छ ।

अमेरिकामा महामन्त्री शर्माले गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११ औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ लाई सम्बोधन गर्नेछन् । सम्मेलन नर्थ क्यारोलिना राज्यमा जुलाई ३ र ४ मा हुनेछ ।

सम्मेलनमा ११ फरक विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक स्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक सञ्जाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधारलगायत विषयमा कार्यपत्र प्रस्तुत गरेपछि छलफलको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा एनआरएन आईसीसीका अध्यक्षहरू विभिन्न देशमा रहेका एनआरएन नेतृत्वसँगै अमेरिकाका करिब चार सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।