१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीद्धारा प्रोफेशर सूर्य सुवेदीलाई सम्मान प्रदान

नेपालब्रिटेन डट कम्
१८ असार २०७९, शनिबार १३:५५

लण्डन । नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा प्रोफेशर सूर्य सुवेदीलाई सम्मान प्रदान गरिएको छ ।

सो अवसरमा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदीलाई सम्मान गरिएको छ । नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि मुख्य आधार भएको बताएकी छन् । उनले मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुन शासनको पालना र राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयनमा समेत कानुनी शिक्षाले भूमिका खेल्ने भएकाले कानुनी शिक्षालाई जोड दिनुपर्ने बताइन् ।
नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् ।

नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै क्याम्पसले नेम्वाङलाई सम्मान गरेको हो ।उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक पनि हुन् ।

त्यस्तै, सूवेदीलाई नेपालको जनमत संग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मान गरेको छ ।