७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए पोर्चुगल र आइसीसीबीच सहमतिपत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)

नेपालब्रिटेन डट कम्
१८ असार २०७९, शनिबार १४:१७

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र एनआरएनए पोर्चुगल बीच सम्बन्धन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । संघका केन्द्रीय महासचिव द्वय गौरीराज जोशी तथा डा. केशब पौडेल र एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी तथा महासचिव राजुकुमार थापा बीचमा भएको सम्झौतापछि पोर्चुगलमा संघको एकमात्र राष्ट्रिय समन्वय परिषदको अध्यक्षको हैसियतले रबिन अधिकारी र महासचिवको नाताले राजकुमार थापा थापाले नेतृत्व गरेको मात्र पोर्चुगलमा आधिकारिक एनआरएनए भएको केन्द्रले पुष्टि गरेको छ ।

“हामी निर्वाचित प्रक्रियाबाट नै आधिकारिक र मान्यता प्राप्त हौं, त्यसमा द्विविधा थिएन, केन्द्रले हामीसंग आधिकारिक सम्बन्धन सम्झौता गरेपछि यसमा झन् स्पष्ट भएको छ । एनआरएनए पोर्चुगलले आफ्नो काम अब झन् ससक्त रूपमा अगाडि बढाउँछ ।” अध्यक्ष अधिकारीले सम्झौता पछि प्रतिक्रिया दिए । उनले भने, “हामी सबै पक्षलाई समेटेर अगाडि बढ्ने छौं, साथीहरूलाई मिलाएर लानेछौं ।”

हेर्नुहोस् सम्झौता-पत्र जस्ताको तस्तै :