१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूरोपले विज्ञ सम्मेलन गर्ने

नेपालब्रिटेन डट कम्
१८ असार २०७९, शनिबार २०:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।

संघका यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११ औं क्षेत्रीय बैठकसंगै यूरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।

सो सम्मेलनलाई सफल पार्न शनिवार सम्पन्न एनआरएनए यूरोप क्षेत्रीय पदाधिकारीहरुको बैठकले एक कार्यदल समेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीबी खड्का (चेक रिपब्लिका) रहेका छन् ।

बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्धय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ ।

भट्टराईले आगामी दुई हप्ताभित्र स्थान र मितिको टुंग्गो लगाउने जानकारी दिए । बैठकले क्षेत्रीय समितिको कार्यविधिलाई अन्तिम रुप दिन दिनेश घिमिरे (यूके), टिकाराम सापकोटा (नेदरल्याण्ड) लाई जिम्मेवारी दिएको छ ।

बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटो भन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ ।

करिब तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरु तथा अध्यक्षहरुको उपस्थिति रहेको सो बैठकमा करिब ५० जनाको सहभागीता रहेको थियो ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेम राज शर्मा, महासचिवद्धय गौरीराज जोशी, डा. केशव पौडेल, उपमहासचिव रामशरण सिमखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाल लगायतको उपस्थिति थियो । संघको विधानअनुरुप गठित क्षेत्रीय समितिको बैठक पहिलो पटक बसेको हो ।