८ बैशाख २०८१, शनिबार
Follow Us

विवाद र बहिस्कारकाबीच एनआरएनए अमेरिकाको साधारणसभामा कांग्रेस महामन्त्री शर्मा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ असार २०७९, आईतवार १९:२७

नर्थ क्यारोलिना । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलन सुरु भएको छ।

अन्तर्राष्ट्रिय समन्वय कमिटी (आइसीसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा उपस्थित भएका छन भने महासचिव गौरी जोशी भने देखिएका छैनन।

अध्यक्ष कुलआचार्य लण्डनबाट शनिवार राति नर्थ क्यारोलिना आइपुगेका छन भने यस्तै अमेरिकाको मेरिल्याण्ड निवासी रविना पनि शनिवार साँझ नै साधरसभा स्थल आइपुगेकी हुन्।

आइसीसीका महाचसिव डाक्टर केशव पौडेल पनि शनिवार नै साधरण सभा स्थल आइपुगेका छन् । आइसीसीका अर्का महासचिव गौरी जोशी भने साधरण सभामा उपस्थित नहुने भएका छन् । एनआरएनए अमेरिकाको असन्तुष्ट एक समुहले आज नै टेक्सासमा छुट्टै भेला बोलाएको अवस्थामा गौरीको उनुपस्थितिलाई विषेश अर्थमा हेरिएको छ।

एनआरएनए अमेरिकाको संस्थापन पक्ष सँग असन्तुष्ट समुहले टेक्सासमा भेला बोलाएको हो। साधारणसभाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्धघाटन गरेका छन् ।

सो साधाणसभामा महासचिव गौरी जोशी सहित अमेरिका क्षेत्रका १७ मध्ये १४ जना अनुपस्थित रहे ।

एनआरएनए अमेरिकाको असन्तुष्ट एक समुहले आज नै टेक्सासमा छुट्टै भेला बोलाएको अवस्थामा गौरीको उनुपस्थितिलाई विषेश अर्थमा हेरिएको छ। यसअघघि कृष्ण लामिछानेसंग भएको सहमतिलाई बुद्धि सुवेदी समूहले कार्यान्वयन नगरे पछि विवाद चुलिएको हो । बुद्धी समूहले एनआरएनएसंग गर्नु पर्ने एमओयु (सम्झौता पत्र) मा हस्ताक्षर गर्न नमाने पछि विवादले चर्को रुप लिएको हो ।