१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसारका नेपालीको नोट चल्ने भोट नचल्ने?, मताधिकार तत्काल दिन कांग्रेस महामन्त्री शर्माको माग

नेपालब्रिटेन डट कम्
१९ असार २०७९, आईतवार २१:३७

लण्डन । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपाल बाहिर पनि छुट्टै नेपाल रहेको बताएका छन् । शर्माले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभालाई आइतवार सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरुलाई नेपालसंग जोड्ने विषय राष्ट्रीय विषय भएको बताए । उनले गैरआवासीय नेपालीहरुले माग गरेको नागरिकता संविधानले नै सुनिश्चत गरेको बताए । उनले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिन नेपाली कांग्रेस सकरात्मक रहेको बताए । उनले संसारभरि छरिएका नेपालीहरुको नोट चल्ने भोट किन नचल्ने ? भन्दै शर्माले अदालतको आदेश अनुसार मताधिकार दिनु पर्नेमा जोड दिए । उनले नागरिकता तथा मताधिकार कुनै एक दलको विषय नभएर राष्ट्रीय अजेण्डा भएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघको बृहत हितको लागि १० औं महाधिवेशनमा सहमति गरिएको बताए । उनले जारी संसदमा नागरिकता पेश भएर पेश हुने छ भन्नेमा गैरआवासीय नेपाली संघ ढुक्क रहेको बताए । उनले पूर्ण अधिकारसहितको नागरिकता दिनु पर्नेमा जोड दिए । उनले प्रमुख दलका नेताहरुले एनआरएनए नागरिकता दिने भनेर पटकपटक प्रतिबद्धता जनाएको बताए । उनले गैरआवासीय नेपाली संघले आग्रह गरे बमोजिम सरकारको बजेट र नीति कार्यक्रममा मागहरु समेटिएको बताए । उनले नेपालमा डलर खाता खोल्न आग्रह गरे । उनले गैरआवासीय नेपालीहरुको हितको लागि सरकारले वैदेशिक बचतपत्र जारी गरेको बताए । उनले गैरआवासीय नेपालीहरुलाई नेपाली सरह लगानी गर्न अवसर दिन सरकारसंग आग्रह गरे । उनले एनआरएनए अमेरिकाभित्रको विवाद आन्तरिक रुपमा समाधान आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले एनआरएनएमा आएको बिषम परिस्थितिका कारणले संघको नेतृत्व तीन जनाले लिन परेको बताइन् । उनले वैदेशिक रोजगारी तथा विद्यार्थीहरुको समस्यामा गैरआवासीय नेपाली संघले काम गर्दे आएको बताइन् । उनले नेपालमा लगानी गर्न कानुनको आवश्यक व्यवस्था हुनु पर्नेमा जोड दिइन् । उनले एनआरएनए अमेरिकामा कृष्ण लामिछाने समूहले उठाएका मागहरुलाई समेत सम्बोधन गरेर अघि बढ्न आग्रह गरिन् ।

साधारणसभालाई सम्बोधन गर्दे पुर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेता कमला पन्तले व्यक्ति भन्दा संस्था ठुलो भएको भन्दै संस्थाभित्र भएका विवादका बारेमा आत्म समिक्षा गर्न आग्रह गरिन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवाको भूमिकाका कारणले स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले सफलता प्राप्त गरेको बताइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका महाचिव डा। केशव पौडेलले लोकतन्त्रको बिकल्प लोकतन्त्र भएको भन्दै एउटा प्रकृयामा छिरे पछि त्यसको परिणाम मान्नु पर्नेमा जोड दिए । उनले बुद्धी सुवेदीको समूह आधिकारीक भएको बताए । उनले सुवेदी समूहले एनआरएनए आइसीसीले एमओयु (सम्झौता पत्र) मा हस्ताक्षर गरेको बताए ।

कृष्ण लामिछाने समुह अनुपस्थित रहेको कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले आआफ्नो भनाईहरु राखेका थिए ।