१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाः आइसीसीसंग सम्झौता, केन्द्रीय प्रणालीबाट सदस्यता वितरण

नेपालब्रिटेन डट कम्
२० असार २०७९, सोमबार १३:१०

नर्थ क्यारोलिना । गैर आवासीय नेपाली संघ (एनआरएनए( राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा अब गिफ्टकार्डबाट सदस्यता बन्न नपाउने भएको छ।

नर्थ क्यारोलिनाको राले स्थित मेरियाट सिटी सेन्टरमा आइतवार सम्पन्न साधरण सभाले विधान संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संसोधित विधानमा अब देखि डेविट वा क्रेडिट कार्डबाट मात्र सदस्यता बन्न पाइने छ। एनआरएनए अमेरिकामा यस अगाडि गिफ्टकार्डबाट सदस्यता बनाएर भोट खरिद विक्रि गर्ने गरेको आरोप लाग्दै आएको थियो।

एनआरएनए अमेरिका अध्यक्ष बुद्दि सुवेदीले सदस्यता सम्वन्धी विवाद अन्तका लागि यो नै उत्तम विकल्प भएको बताए । उनले यो संसोधनले आफ्नो सदस्य आफै बनौ र आफ्नो भोट आफै हालौ भन्ने अभियानलाई सहयोग हुने दाबी गरे। “नक्कली सदस्यता” बनाएको भन्दै यस अगाडि धेरै विवाद आए हामीले त्यसलाई सम्वोधन गरेका हौ।” सुवेदीले भने। संसोधित विधान अनुसार अब एउटा कार्डबाट बाढीमा चार जना मात्र सदस्य बन्न पाउने छन्। त्यसमा पनि सदस्य बन्ने व्यक्तिको ठेगना एकै हुनु पर्ने छ।

यस्तै एनआरएनए अमेरिकाको सदस्यता वितरण पनि अब अन्तर्राष्ट्रिय समन्वय समितिको प्रणालीबाट (आइएमएस सिस्टम) हुने गरि विधानमा संसोधन गरिएको छ। यो विषयमा एनसीसी र आइसीसी बीचमा लामो समय देखि मोलतोल हुँदै आएको थियो।

मुख्यतय सदस्यको व्यक्तिगत गोपनियताको सुरक्षाको बारेमा एनसीसी अमेरिकाले प्रश्न उठाउदै आएको थियो। त्यसमा आइसीसीले सुरक्षाको ग्यारेण्टी गरे पछि आइतवार दिउसो मात्र एनसीसी र आइसीसी बीचमा दुई संस्थाको सम्वन्धनका बीचमा २४ बुँदे लिखित सम्झौता भएको थियो।

आइसीसीका अध्यक्षद्वय कुल आचार्य र रविना थापाको उपस्थितिमा भएको सम्झौता पत्रमा आइसीसी महासचिव डाक्टर केशव पौडेल र एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले हस्ताक्षर गरेका थिए। सोही सम्झौतालाई कार्यन्वयनमा लैजान विधान संसोधन गरिएको हो।

यस्तै विधानमा निवर्तवान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हाटाएर पूर्वअध्यक्ष मध्येबाट भन्ने व्यवस्था गरिएको छ। यस्तै कार्यसमितिमा महिलाहरुको ३३ प्रतिशत सहभागिताको ग्यारेण्टी र च्याप्टर सभापतिहरुलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुन पाउने व्यवस्था गरिएको छ।

यो संसोधन पछि अब एक कार्यकाल पुरा गरेको च्याप्टर सभापति पनि एकै पटक एनसीसी अमेरिकाको अध्यक्षको उमेदवार हुन योग्य हुने छ।


साधरण सभामा सदस्यको उपस्थिति न्यून

विश्वको सबै भन्दा धेरै सदस्य रहेको एनसीसी अमेरिकाको साधरण सभामा सदस्यहरुको उपस्थिति अत्यन्त न्यून रह्यो। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकास शर्मा प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा करिव दुई सय जनाको उपस्थिति थियो । जवकी एनसीसी अमेरिकामा २० हजार भन्दा धेरै सदस्य छन्।

बन्दशत्रमा ७० जना भन्दा कम उपस्थित थिए। बीस हजार सदस्य रहेको संस्थाको विधान संसोधनमा करिव २० जनाले हो हो भने पछि विधान संसोधन प्रक्रिया टुङ्गाइएको थियो। त्यसैको आधारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको घोषणा गरिएको थियो।

साधरण सभामा भौतिक रुपमा उपस्थित हुन नसक्ने सदस्यहरुबाट “प्रोक्सी” मत लिने व्यवस्था विधानमा नै रहेको र त्यही अनुसार आफुहरु कानुनी रुपमा सुरक्षित रहेको अध्यक्ष सुवेदीले बताए। यद्यपी उनले कति जनाले “प्रोक्सी” दिए भन्ने संख्या खुलाउन चाहेनन्।

त्यसो त एनआरएन अमेरकाले साधरण सभामा कति सदस्यले “दर्ता” गरे भन्ने आधिकारी तथ्याङ्क औपचारिक रुपमा दिन इन्कार गर्यो। तर अनऔपचारिक रुपमा बताइए अनुसार एक सय जनाले “रजिष्ट्रेशन” गरेका थिए।

कार्य समिति पदाधिकारी र च्याप्टर अध्यक्ष नै उनुपस्थित
कुनै पनि संस्थाको सबै भन्दा शक्तिशालि निकाय साधरण सभा नै हो।तर एनआरएनए अमेरिकाको साधरण सभामा कार्यसमिति पदाधिकारी तथा च्याप्टर अध्यक्ष नै उपस्थित भएनन्।

उपाध्यक्ष विकास उप्रेति र दिक्षा बस्नेत सहित १० जना कार्यसमिति सदस्य अनुपस्ति भए। यस्तै ३१ च्याप्टर मध्ये १४ च्याप्टर अध्यक्ष मात्र साधरण सभामा उपस्थित थिए।


आइसीसी महाचसिव र पूर्व अध्यक्ष पनि आएनन

साधरण सभामा आइसीसीका महासिचव गौरी जोशी र कोषाध्यक्ष सुनील शाह पनि अनुपस्थित भए। उनीहरु दुबै जना अमेरिकाको टेक्सास निवासी हुन्। एनआरएनए अमेरिकाका निवर्तवान अध्यक्ष शाहले आफुलाई साधरण सभामा उपस्थित हुने बतावरण नबनाइएको गुनासो सार्वजनिक गरेका थिए।

गौरी जोशीले आफ्नो अनुपस्थिति बारे सार्वजनीक रुपमा हुनै प्रतिक्रिया जनाएका छैनन् । आइसीसी र एनसीसी बीचको सम्वन्धन सम्झौतामा ढिलो हस्ताक्षर हुँदा आफु साधरण सभा आउने बातावरण नबनेको प्रतिक्रिया दिए। “६ बुँदे सम्झौता समयमा नै कार्यन्वयन गरिदिएको भए सबै साथीहरु एकै ठाँउमा भेला हुने अवसर थियो त्यो अवस्था नभए पछि म कुनै पनि कार्यक्रममा नजाने निर्णयमा पुगेको हुँ।” संस्थापन पक्ष सँग असन्तुष्ट पक्षले आइतवार नै टेक्सासमा छुट्टै भेला राखेको थियो।

साधरण सभाको बन्द शत्रले प्रमुख निर्वाचन आयुक्त परिवर्तन गरेको छ। बन्द शत्रले कानुनव्यवसायी बासु फुलरालाई प्रमख निर्वाचन आयुक्त नियुक्त गरेको छ। यस अगाडि विश्व बराल यो पदमा थिए।

– समाज टाइम्स