१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती अर्थ र स्वास्थ्यमन्त्री दिए राजिनामा

नेपालब्रिटेन डट कम्
२१ असार २०७९, मंगलवार २१:२७

लण्डन । बेलायती अर्थ मन्त्री ऋषी सुनाक र स्वास्थ्य मन्त्री साजिद जाविदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री बोरिस जोह्न्सनले यौन दुराचारको आरोप लागेको साथी साजिद जाविदले लाई मन्त्री बनाउनु गल्ति भएको स्वीकार गर्दै जनताप्रति क्षमायाचना गरेपछि दुवै मन्त्रीहरुले मंगलवार राजीनामा दिएका हुन ।

राजीनामा दिएपछि सुनाकले “जनताले सरकार सही, सक्षम र गम्भीरताका साथ सत्ता सञ्चालन गरुन् भन्ने चाहेको” विचार व्यक्त गरे भने जाविदले “प्रधानमन्त्रीले कुशल र विवेकपूर्ण तरिकाले सत्ता सञ्चालन गर्लान भन्नेमा आफूलाई विश्वास रहेको” व्यक्त गरे ।

गत बर्ष कोभिडको महामारीमा स्वास्थ्यसम्बन्धी नियमहरु उल्लंघन गरेको र हालैमा महंगी बढेकोमा अर्थमन्त्रीलाई पहिल्यैबाट राजीनामाको लागि दवाव बढेको थियो । कन्जरभेटिभ पार्टीका एक प्रभावशाली सदस्य तथा पूर्व शिक्षा मन्त्री नदिम जहावी नयाँ अर्थमन्त्री बन्ने आंकलन गरिएको छ ।