१५ चैत्र २०८०, बिहीबार
Follow Us

नयाँ लेखकलाई समेट्दै ‘पुष्पा २’

नेपालब्रिटेन संवाददाता
२३ असार २०७९, बिहीबार ०५:१३

मुम्बई । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन् । त्यसका लागि उनले एक योजना बनाएका छन् ।

सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रुपमा चिनिन्छन् । त्यहीकारण उनले तेलुगुमात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरुलाई ‘पुष्पा २–द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन् । उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा २’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन् । उनले युवाहरुको फाइनल ड्राफ्ट आफूलाई मनपरेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन् ।

‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ । जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ । उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’,उनले भनेका छन् ।

सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्सअफिसमा १ सय ८ दशमलब २६ करोडको कमाई गरेको थियो ।