२९ बैशाख २०८१, शनिबार
Follow Us

रेडमड कफीको १३ औँ आउटलेट बौद्धमा, गगन थापा र निती शाहले गरे उद्घाटन

नेपालब्रिटेन डट कम्
२३ असार २०७९, बिहीबार १४:३३

कफी पारखीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रभावशाली युवा नेता गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ निती शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै गगन थापाले १३ औँ आउटलेटसम्म बिस्तार गरेकोमा बधाई दिँदै थप बिस्तारको शुभ कामना दिनु भयो । साथै रेड मडले भित्राएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नु पर्ने कुरा राख्दै वैदेशिक लगानीका लागी आवश्यक निती नियमको लागी पहल गर्ने बताए । यता निती शाहले पनि यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन् ।

११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ‘रेडमड कफी’ विस्तार हुने क्रममा रहेको छ। रेडमडले आफ्नो १३ औँ शाखा टुसाल,बौद्धमामा खोलेको हो।

फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल , बौद्धमामा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। यता फ्रान्चाइज होल्डर सुनिता तामाङ र मनोज पाख्रिन पनि आफूहरू रेडमडको कफी , सर्भिस र खानाबाट प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालन गर्न अघि बढेको बताउँछन् ।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँ बानेश्वर, पानी पोखरी, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग, बुढानीलकण्ठ र उपत्यका बाहिर विराटनगर , मनाङ लगायतका स्थानमा रहेका छन् । यस सँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिए ।

कफी पारखीका लागि आकर्षक एम्बियन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मुख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ।