१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल चिनाउने उज्वल नक्षत्र हो सगुन

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७३, बुधबार ०९:४१

सुरेन उप्रेती

आज विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुका विचमा सगुन चर्चा र खुल्दुलीको विषय बनेको छ । चारैतिर मिडियाहरु रेडियो ,एफ एम , टेलिभिजन र पत्र पत्रिकाहरुमा सगुन तातो खबर बनेर छाएकोछ । वेव पत्रिका देखि साप्ताहिक र दैनिक पत्रिकाहरुलाई रंगाएको छ सगुनको चर्चाले । नेपालको विकास र उन्नतिका लागि नेपालीले नै केहि गर्नु पर्छ भन्ने सपना बोकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका व्यक्तिहरुले समेत सगुनको विकाशमा सरिक हुन सबैलाई आव्हान गरेका छन् ।कलाकरहरुले पनि यसको चर्चा गर्दैसमर्थनमा जुट्नका लागिअनुरोधगरेकाछन् । भारतिय तथा अ्न्य मुलुकका पत्रिका देखि याहूले समेत सगुनलाई समाचार बनाइ सकेको छ । आखिर के हो त सगुन ? सगुनलाई नजिकबाट बुझ्ने र नियाल्ने प्रयाश यसलेखमा गरिएको छ ।
सगुन शब्द संस्कृत भाषाबाट नेपाली भाषामा सकुन हुँदै आएको शब्द हो । यसको शाब्दिकअर्थ खोज्नेहो भने शुभ साइत, लक्षण, लच्क्षिन्, शुभकार्य गर्दा उपहार भन्ने अर्थ यसले वोकेको छ । यो हामीले चर्चा गर्दै गरेको सगुनलाई जान्नु भन्दा पहिला यसलाई चर्चाको शिखरमा ल्याउने यसका पादुर्भाव कर्ता गोविन्द गिरीको बारेमा अलिकति जानकारी गरौं ।
नेपालको पूर्वि पहाडी जिल्लामा जन्मिएका गोविन्द गिरीले हाइस्कुल सम्मको अध्ययन गाउँकै विधालयमा गरेका थिए । उनी गाउँको पढाइ सकेर उच्च शिक्षाको सपना बोकेरकाठमाण्डौपसे । राजधानिमा आएर पहिलो पटक कम्प्यूटर देख्दा गिरीलाई कम्प्यूटरले निकै लोभ्यायो । यसबाट गर्न सकिने गतिविधीले गिरीलाई चकितबनायो ।चुम्वकले तानिएको फलामझैं भए उनी । यो चैं जान्नै पर्ने बस्तु रहेछ भन्ने मनमा पर्यो । मानशपटलमा रात दिन कम्प्यूटर घुम्न थाल्यो । काठमाण्डौका हण्डर र ठक्करले पनि उनको कम्प्यूटर सिक्ने अभिलाषालाई टुक्र्याउन सकेन । उनी आफ्नो कम्प्यूटर सिक्ने सपना बोकेर अमेरिका हानिए ।बाहिरबाट बुझेजस्तो र सोचेजस्तो सजिलो छैन अमेरिका । शुरुमा अमेरिका प्रवेशगर्नेहरुलाई यहाँको भाषा संस्कार र महँगाइ सँग जुझ्नु भनेको फलामे च्यूरा चपाउनु भन्दा कम हुँदैन । नेपालबाट पैसाल्याएर पढ्नु भनेको सर्वसाधारणका लागि कल्पना भन्दा बाहिरको कुरा हो ।झन त्यसताकात झण्डै सिैगो गाउँ नै बेचे पनि त्यस पैसाले पढाइ खर्च पुग्दैन थियो ।
गोविन्दले काम गर्दै र त्यसबाट आर्जित ज्यालाले पढाइलाई निरन्तरता दिन शुरु गरे । कती दिन कलेजको शुल्क तिर्ने पैसा बनाउनका लागि पढाइलाई थाँती राखेर पनि काम गरे ।अभाव र संकटका थुप्रै अनुभवहरु संगालेका छन् गिरीले । तर जति नै अभाव कष्ट र अप्ठ्यारा परिस्थितिहरुले उनका सपनालाई टुक्रयाउन सकेन । उनी कम्प्यूटर इन्जिनियर बनेरै छोडे । त्यसपछी उनले अमेरिकाको पेन्टागन जस्तो प्रतिष्ठित ठाउँमा काम शुरुगरे । काम गर्दा पनि नयाँ नयाँ कुराको खोज र प्रयोग गर्न मनपराउने गिरीलाई गुगल जस्तै सर्चइन्जिन बनाउने सोच फुर्यो ।यस्तो बनाउन पाए त हामी नेपालीहरुलाई पनि अरु देशका मान्छेले सजिलै सँग चिन्ने थिए होला । हाम्रो अनुहार हेरेर तिमी भारतिय हौ भन्ने कटुशब्दको करौंतीले पटक पटक रेटिनु पर्ने थिएन होला । भन्नेकुराले रात दिन घोचीरह्यो गोविन्दलाई । यही संवेदनशिल भोगाइको परिणाम श्वरुप जन्मिएको हो सगुन ।

सगुन के हो
सगुनडटकम शुरुमा गुगलकै प्रारुपमा तयार गरिएको सर्चइन्जिन थियो । गुगल यूटुव र फेसबुक आदि सगुनभन्दा पहिलै आइसकेका र स्थापित सर्चइन्जिन र सोसियल मिडियाहरु हुन ।अब यी भन्दा छुट्टै बिशेषता र नयाँ ढंगले अगाडि बढ्न नसक्ने हो भने सगुन पनि समुन्द्रमा मिसिएको नदी झैं भएर हराउनेछ भन्ने कुरा गोविन्दलाई राम्रै थाहा थियो । त्यसैले अरु भन्दा पृथक र अरु सँग नभएका बिशेषताहरु बोकेर सगुनइंक अमेरिकामा दर्ता भएकोछ । योअहिले मिनीआइपिओ प्राप्तस्टार्टअप आइटी कम्पनी बनेको छ । यसले यहाँसम्म आइपुग्दा थुप्रै आरोह अवरोहहरुको सामना गर्नु पर्यो । केही नेपालीहरुले सगुनको भ्रूणबचाउनका लागि र गोविन्द गिरीको उच्च दक्षता,क्षमता र लगनशिलतालाई विश्वास गरेरशुरुका दिनहरुमा साथ दिए । सगुनले अवश्य पनि नेपालीहरुको पहिचान गराउँन सक्छ भन्ने दृढ विश्वासलेकम्मर कसेर अरुनेपालीहरु पनि उनीसँगै समाहित भए। त्यसैको परिणाम हो सगुन ।

के छ सगुनमा नयाँ विशेषता
Connect Share Earn संपर्क विस्तार गर, अरु सँग बाँड र कमाउ भन्ने मूल नाराका साथ नेपालीको आइडियाबाट शुरुभएको सामाजिक संजाल हो सगुन । सगुनले यो साइट चलाउने .प्रयोग कर्ताहरुलाई आफुले कमाएको हिस्सा बाँड्ने नयाँ अवधारणा ल्याएको छ ।यसमा खाता खोल्दा ,साथी बनाउँदा , र म्यासेजहरु पठाउँदा प्रयोगकर्तालाई पुरस्कृत गर्ने नयाँ योजना छ । अरु सोसल मिडियाहरु जस्तो फेसबुक ट्विटर ह्वाट्स एप स्न्यापच्याट म्यासेन्जरका विशेषता सहित सिक्रेट म्यासेज सिस्टम र मानिसलाई पजेटिभ शन्देश दिएर समाजलाई सुरक्षित बनाउनु पर्छ भन्ने मान्यता अंगिकार गरेको छ सगुनले । त्यस्तै गरेर स्मार्ट कार्डको योजना ल्याउँदै छ । जसमा कसैले कार्डमार्फत गिफ्ट दिएमा । गिफ्ट कार्ड दिनेले,कार्ड लिनेले र त्यो कार्ड एक्सचेन्ज गर्नेले समेत मुनाफा प्राप्त गर्ने छन् । सगुनले मोवाइल एप्पसहरु र स्मार्टकार्डलाई चाँडै बजारमा आउने लक्ष लिएको छ । यसकालागि दक्ष आइटी इन्जिनियरहरुको टोली निर्माणमाजुटिसकेका छन् ।

हामी नेपालीहरुले सगुनमा किन लगानी गर्ने
सगुनडटकमका संस्थापक नेपाली भएको हुनाले मात्र हामीले यो अवशर प्राप्त गरेका हौं । नत्र अन्य कयौं कम्पनीहरु खुल्दा हामीले शुरुका अवस्थामा नाम सुन्न पनि पाएका थिएनौ । केहि बर्ष पहिला सम्म स्टार्टअफ कम्पनीहरुमासर्वसाधारणले शेयर लगाउन पाउने कानूनी प्रावधान पनि थिएन । त्यसैले पहिले शुरुभएका धेरै कम्पनीहरुले हाम्रो जस्तो मज्बूद पृष्ठभूमि पनि पाएका थिएनन् । जस्तो आज संसारमा तहल्का मच्चाउन सफल अलिबाबा उभर गूगल फेसबुक एयरविएन्ड वि जस्ता कम्पनीहरुको शुरुवातीका दिनहरु कम संघर्ष पूर्ण थिएनन् ।शुरुवातका दिन कठिन भए पनि आज ती कम्पनीका लगानी कर्ताहरु विश्वका धनाड्यको पंतीमा उभिएका छन् । हामी नेपालीहरुले सगुनमा लगानी गर्ने अवशर प्राप्त गरेकाछौं । दुई सय उनान्सय अमेरिकन डलरबाट लगानी शुरु गर्न पाइन्छ । जसमा तेह्रकित्ता शेयर प्राप्त गर्न सकिन्छ ।कुनै पनि कम्पनीहरुमा शेयर लगाउँदा नाफाहुने र जोखिम दुबै हुने सम्भावनाहरु हुन्छन् । सगुन पनि त्यस्तो जोखिमबाट अक्षुत भने छैन तर मिनी आइपियो प्राप्त गरे पछी जोखिमको मात्रा कम भएको लगानी कर्ताहरुले महषुस गरेका छन् ।दसबर्ष अगाडि सम्म संघर्षरत रहेको फेसबुकले २०१२ मा आउदा पनि ४५ डलरबाट शेयर घटेर १७ डलरमा झर्नु परेको अवस्था थियो । तर हाल एक शेयरको १२०० डलर भन्दा बढी शेयर मूल्य पुगेको छ । हामी नेपालबाहिर बशोबास गर्ने नेपालीहरुका लागि सगुनमा गर्ने न्यूनतम लगानीले व्यक्तिहरुमा सारै ठूलोआर्थिक बर्डेन दिंदैन ।दिनचर्यामा र साँझ विहानकै हातमुख जोड्नेकाममा पनि संकट निम्त्याउँदैन । तर एक थुकी सुकी सय थुकी नदी भनेझैं सबैले लगानी गर्ने हो भने सगुनडटकमलाई स्थापित गराएर एक नम्वरमा पुर्याउन सकिन्छ । अहिले स्थापित भइसकेका कम्मनीहरुको अबस्थामा पुग्यो भने हामी लगानी कर्ताहरु आर्थिक रुपमा पनि सबल हुनेछौ । त्यसपछि जन्मभूमी नेपालको विकाश निर्माण र उन्नतिमा जुट्न सक्ने छौ ।नेपालीहरुको एकताले मात्र नेपालको नाम विश्वका कुना कुनामा सम्म परिचित बनाउन सम्भव हुनेछ । त्यसपछि नेपालको नयाँ परिचय सगुनको देश भनेर चिनिने निश्चित छ ।यसैकारण हामी सबैले यस महान यज्ञमा सरिक हुनु जरुरी छ ।

कसरी गर्न सकिन्छ सगुनमा लगानी
नेपाल भन्दा बाहिर बसोबास गर्नु हुने नेपाली लगायत अरु सबै देसका नागरिकहरुले यसमा लगानी गर्न पाउने छन् । हाल सगुनले नेपालीलाईमात्र बढी प्राथमिकतामा राखेर अगाडि बढ्दै छ । किन भने यो एउटा व्यापारिक प्रयोजनमात्र नभएर नेपालीहरुको पहिचान सँग जोडिएको महायज्ञ हो । www.sagoon.com/invest मा गए पछी Invest now भन्ने आउँछ । यसलाई तपाईले क्लिक गर्नुभयो भने तपाइको नाम र इमेल लेख्ने ठाउँ आउँछ । कसरी पैसा लगाउने कती लगाउने भन्ने प्रश्नको उत्तर दिंदै जानु पर्छ । अमेरिका भन्दा बाहिर रहनु हुनेले वायर ट्रान्सफरबाट पैसा पठाउनु पर्ने हुन्छ । फर्ममा तपाइको वार्षिक आय र नेट आयलेख्नु पर्दछ । पाँच सय, हजार सम्म लगानी गर्नलाई बार्षिक आम्दानी यतिनै हुनु पर्छ भन्ने तोकिएको छैन । तर तपाइले आफ्नो आम्दानी जति भए पनि भर्नु चैं पर्ने हुन्छ । फर्भको अन्त्यतिर ठेगाना जन्ममिति लेखे पछी सहि गर्ने ठाउँ आउँछ । त्यसमा तपाइको नाम लेखेर नेक्स्ट गरे पछि तपाईलाई यसकंपनीका संस्थापक गोविन्द गिरीबाट बधाइ आउने छ । अब कसरी पैसा वायर ट्रान्स्फर गर्ने भन्ने बैंकको खाता र ठेगानाहरु प्राप्त गर्नु हुनेछ । तपाईले पठाएको पैसा सिधै सगुनको खातामा नगइ थर्डपाटी सिटिजन विजिनेशवैकमा जम्मा हुनेछ ।बैंकले भेरिफाइ गरेर मात्र सगुनको खातामा रकम पठाइ दिनेछ। तर फर्म भरेपछि कसले कती पैसा पठायो भन्ने जानकारी सगुनलाई पनि प्राप्त हुन्छ ।
यदी तपाईलाई फर्भ मर्न कठिन भएमा फर्म सँगै अनलाइन ट्यूटरियलको पनि व्यवस्था गरिएकोछ ।
हाल २० मिलियनको शेयर खुलेकोमा शुरुका तीन दिनमा नै एकमिलियन डलर भन्दा बडी लगानी भइ सकेको छ । फस्टकम फस्टबेसिसमा लगानी हुने भएको हुनाले जति सक्दो चाँडो शेयर किन्नुनै बुद्दिमता हुनेछ ।
– अटवा