१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नागरिकता विधेयक संसदमा – राहत मिल्यो : उपाध्यक्ष डा. हेम राज शर्मा

नेपालब्रिटेन डट कम्
२४ असार २०७९, शुक्रबार १६:००

लण्डन । गैरआवासीय नेपालीसंघ सम्बन्धी वियेयक संसदमा पेश हुने भए पछि संघका पदाधिकारीहरुले सरकारको निर्णयलाई सकरात्मक भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली नगारिकता संसदमा पेश नहुने चर्चाकाबीच आएको प्रस्तावले राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

संसदमा पेश हुने विधेयक राज्य व्यवस्थापन समितिले संशोधन गरेको पछिल्लो प्रस्ताव नभई त्यस पुर्वको प्रस्ताव पेश भएको प्रतिभने संघका पदाधिकारी सशंकित देखिएका छन् ।

पुरानै प्रस्ताव अनुरुप संसदमा विधेयक पारित भएका गैरआवासीय नेपाली नागरिकता लिन नेपाली वा नेपालमा बोलिने मातृभाषा बोल्न जान्नु पर्ने, सफथ लिनु पर्ने, साविकको नागरिकता खिच्ने आदि व्यवस्था कायम रहने छन् ।

गैरआवासीय नेपाली नगारिकता लिन नेपालको नागरिकता त्याग गरेको प्रमाण पेश गर्नु पर्ने अव्यवहारिक प्रावधान भने कायम रहने छ ।

सरकारले शुक्रवार संसदमा दर्ता भएको पुरानो नागरिकता सम्बन्धी विधेयकलाई फिर्ता लिएर नयां दर्ता गरेको हो ।