१३ बैशाख २०८१, बिहीबार
Follow Us

इन्दिरा जोशीको ‘पछ्यौरी’

नेपालब्रिटेन संवाददाता
२७ असार २०७९, सोमबार ०४:३७

१२ बर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गरेकी गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याएकी छिन् । यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । बैबाहिक जीबनका बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको म्यूजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिएको छ। गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । प्रविणको कोरियोग्राफी उत्कृष्ट छ । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहना अनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् । नेपाली गायन क्षेत्रमा आफ्नो स्थान उच्च बनाएकी यी गायिकाले केही हप्ता अगाडि मात्र बिहे गरेकी थिइन् ।