१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालब्रिटेन डट कम सम्मानित

नेपालब्रिटेन डट कम्
२७ असार २०७९, सोमबार १०:१६

लण्डन । विगत १५ वर्षदेखि बेलायतमा संचालित अनलाइन समाचार प्रोटल नेपालब्रिटेन डट कमलाई लण्डनमा सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ बेलायतले आफ्नो १० औं स्थापना दिवसको असरमा लण्डनमा आइतवार आयोजित एक समारोहका बीच सो सम्मान गरेको हो ।

समारोहमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकाल तथा प्रधानसम्पादक चिरन शर्मालाई खाँदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

नेपालब्रिटेन डटकम बेलायतबाट संचालित पहिलो नेपाल भाषाको अनलाइन समाचार प्रोटल हो। सन् २००७ को जुन महिनादेखि नियमित रुपमा समाचार सम्प्रेषण गर्दै आएको छ । करिब १ सयभन्दा बढी देशमा पाठकहरु रहेको नेपालब्रिटेन डट कमले गैरआवासीय नेपाली संघका गतिविधि, नेपालको प्रमुख राजनीतिक घट्ना, विचार, खेल, कला, अन्तरवार्ता लगायतका विषयमा प्रमुख रुपमा समाचार प्रकाशन गर्दै आएको छ ।

नेपाल ब्रिटेनडटकमले वार्षिक रुपमा बेलायतस्थित नेपाली समुदायमा सकृय समाजसेवीहरुलाई टप टेनको आधारमा विशेष सम्मान गर्दै आएको छ । कार्यक्रममा एभ्रेष्ट टाइम्स्, नेपाली पत्र र बिएफबिएस गोर्खा रेडियोलाई समेत सम्मान गरिएको थियो ।