१३ बैशाख २०८१, बिहीबार
Follow Us

पैसा लिएर लण्डन नआउने ‘१९७४ एडी व्याण्ड’ बिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

नेपालब्रिटेन डट कम्
२८ असार २०७९, मंगलवार १८:४९

दिनेश कुमार । लण्डन । पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका अनुसार १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

लण्डनमा डेढदेखि २ घन्टासम्मको सांगितिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रदर्शन १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति भएको थियो ।

सहमति अनुसार १९७४ एडीले पाउने १५ लाख रुपैयाँको पारिश्रमिकको १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको थियो । तर १९७४ एडीले कार्यक्रम गर्नका लागि कुनै चासो नदिएको र आफूहरुले ताकेता गर्दा १० असारका दिन कार्यक्रम गर्न आउँदैनौं र पैसा पनि फिर्ता गर्दैनौं भनेको फिरादपत्रमा उल्लेख छ ।

फिरादपत्रमा एचएबीअ मुभेन्ट लिमिटेडले आफूले दिएको अग्रिम भुक्तानी डेढ लाख र कार्यक्रम गर्न आएको कारण भएको क्षति डेढ लाख गरी ३ लाख रुपैयाँ माग गरेका छन् ।