१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२९ असार २०७९, बुधबार ०५:२३

अनिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओबादी द्वन्द्वकालको कथालाई प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको अभिनयले दर्शकको मन छुन्छ । खगेन्द्र लामिछाने पनि ट्रेलरमा अटाएका छन् ।

यहि साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा मञ्चन गरिएको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले फिल्मको रुपमा ढालेका हुन् ।