१२ बैशाख २०८१, बुधबार
Follow Us

‘हिड्दा–हिड्दै’को सुटिङ सम्पन्न

नेपालब्रिटेन संवाददाता
३० असार २०७९, बिहीबार ०४:४२

काठमाडौं । लभ स्टोरी फिल्म ‘हिड्दा हिड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।

मिलन आले मगर निर्देशीत चलचित्रमा आकाश श्रेष्ठ,सलोन बस्नेत,सानीया खान,बिमल श्रेष्ठ,बिशाल श्रेष्ठ,बिकास थापा मगर,ममता पौडेल,बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् ।

चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दावी निर्देशक आलेको छ । पोस्ट प्रोडक्शन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनीक गर्ने जानकारी निर्माता पंगेनीले दिएका छन् ।