४ बैशाख २०८१, मंगलवार
Follow Us

आकाश र तनुजाको ‘शिरको फूल शिरैमा’

नेपालब्रिटेन संवाददाता
३१ असार २०७९, शुक्रबार ०४:०१

काठमाडौं । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राम अबिरल बिष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ। शिव वीकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको योगीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।