१२ बैशाख २०८१, बुधबार
Follow Us

जर्मनी र स्पेन क्वार्टरफाइनल

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७९, आईतवार ०५:५६

लन्डन । जर्मनी र स्पेन महिला युरोपियन च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । समूह बी मा गएराति फिनल्याण्डलाई ३–० ले हराउँदै जर्मनीले अन्तिम आठमा स्थान पक्का पारेको हो । जर्मनीले ४०औं मिनेटमा सोफिया केनहेर्नेको गोलसँगै अग्रता बनाएको थियो ।

त्यसपछि ४८औं मिनेटमा एक्सजेन्ड्रा पोप र ६३औं मिनेटमा निकोल एनओमीले एकएक गोल थपेका थिए । जर्मनी ३ खेलबाट अपराजित रहँदै ९ अंक जोड्दै समूह विजेताको रुपमा क्वार्टरफाइनल पुगेको हो । फिनल्याण्डले एक खेल पनि जित्न सकेन । सेमिफाइनल प्रवेशका लागि जर्मनीले समूह ए को उपविजेता अष्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ ।

यही समूहको अर्को खेलमा स्पेनले डेनमार्कमाथि १–० को जित निकाल्दै अन्तिम आठमा पुग्यो । स्पेनको जितमा ९०औं मिनेटमा मार्टा कार्डोनाको गोल नै निर्णायक रह्यो । दोस्रो स्थानको स्पेनले तीन खेलबाट ६ अंक जोड्यो । क्वार्टरफाइनलमा स्पेनले समूह ए को विजेता इंग्ल्याण्डको सामना गर्नेछ ।