१५ बैशाख २०८१, शनिबार
Follow Us

नेदरल्याण्ड्स र स्वीडेन क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७९, सोमबार ०४:४२

लन्डन । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ ।

समूहका तीन खेलबाट दुवै टोलीले ७–७ अंक जोडेपनि गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बन्यो भने नेदरल्याण्ड्स उपविजेता बनेकाे छ । नेदरल्याण्ड्सले अब क्वाटरफाइनलमा समूह ‘डी’ को विजेता फ्रान्ससँग खेल्नेछ । स्वीडेनको क्वाटरफाइनल प्रतिद्धन्दी भने साेमबार रातिका खेलहरुपछि टुंगो लाग्ने भएकाे छ ।

युरोकप महिला फुटबल च्याम्पियनसिपको समूह चरणका खेलहरु साेमबारबाट सकिने भएका छन् । समूह ‘डी’ का अन्तिम खेलहरुमा साेमबार राति फ्रान्स र आइसल्याण्ड तथा इटाली र बेल्जियम भिड्ने भएका छन् ।