१२ बैशाख २०८१, बुधबार
Follow Us

इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिका विजयी

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७९, बुधबार ०३:५१

लन्डन । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको छ । ३३४ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली इंग्ल्याण्ड ४६ दशमलव ५ ओभरमा २७१ रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्डका जोय रुटले ८६, जोन्नी बेरिष्टोले ६३ तथा ज्यासन रोयलले ४३ रन बनाए । अफ्रिकाका एनरिच नोर्चेले चार विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ओभरमा रस्सी भान डेर डुसानको शतकीय इनिंग्ससँगै ३३३ रन बनाएको थियो । डुसान १३४ रन बनाउँदै पेभेलिएन फर्के ।

त्यस्तै एडिएन मारक्रमले ७७ तथा जान्नेमन मलानले ५७ रन जोडे । इंग्ल्याण्डका लायम लिभिङस्टोनले दुई विकेट हात पारे । जितसँगै तीन खेलको एक दिवसीय शृंखलामा अफ्रिकाले १-० को अग्रता बनाएको छ ।