१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारलाई झक्झकाउन एनआरएनएले कार्यशाला आयोजना गर्दै

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७९, बुधबार २३:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना मागहरुमा सरकारको ध्यानार्कषण गराउने उदेश्यले कार्यशालाको आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप बारे विहिवार एक कार्यशाला गर्न लागेको हो ।

ललितपुरस्थित हिमालय होटलमा आयोजना हुने सो कार्यक्रममा श्रम, सामाजिक सुरक्षा तथा रोजगार मन्त्री शेर बहादुर कुँवर, पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, संघका पूर्वअध्यक्षद्धय जीवा लामिछाने, कुमार पन्त, अध्यक्ष कुल आचार्य लगायतले सम्बोधन गर्ने भएका छन् ।

संघका प्रवक्ता सोम सापकोटाले यसअघि संघले गरेको एक दिने सेमिनारको निरन्तरताको रुपमा सो कार्यक्रमको आयोजना गरिएको बताए । उनले यसअघि समग्र एनआरएनएका मुद्धामा छलफल भए पनि यस पटक देशिक रोजगार, सामाजिक सुरक्षा, लगानीको बारेमा केन्द्रीत हुने बताए ।

यसअघि गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न माग गर्दै आएको छ । संघले नेपालमा तत्काल १० अर्बको लगानीको घोषणा गरेको छ । संघले लगानी तथा वैदेशिक मुद्रा निक्षेपका लागि देखिएका कानुनी अड्चन हटाउन सरकारलाई आग्रह गरेको छ ।