७ बैशाख २०८१, शुक्रबार
Follow Us

सामाजिक सुरक्षा कोष र एनआरएनबीच समझदारी पत्रमा हस्ताक्षर (पत्र सहित)

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७९, बिहीबार ०६:४०

वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुई संस्थाबीच आज ललितपुरस्थित हिमालय होटलमा आयोजित एक कार्यक्रममा सो सहमति भएको संघका प्रवक्ता सोम सापकोटाले बताए ।

सो पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कायकारी निर्देशक कपिल मणि ज्ञवाली र संघका अध्यक्षहरु डा. बद्री केसी, रविना थापा, कुल आचार्य र वैदेशिक रोजगार राहत कोषका संयोजक आरके शर्माको हस्ताक्षर रहेको छ ।