७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नागरिकता : “ख़ुशीको दिन” – अध्यक्ष, कुल आचार्य

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७९, शुक्रबार १५:३४

लण्डन । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित समेत गरे पछि गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले “ख़ुशीको दिन” भएको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो फेसबुक टाइमलाइन मार्फत अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने र छिट्टै सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने विश्वास लिएका छन् । त्यस पछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्ने जनाए।

प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सम्पूर्ण सांसदहरु माननीय राजनीतिक दलका नेताहरु, कानूनविद्, मिडिया लगायत संघका सम्पूर्ण एनआरएनएलाई धन्यवाद दिएका छन् । उनले संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्ने यो प्रयासले छिट्टै सार्थकता पाउने अपेक्षा गरेका छन् ।