१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुजाताले ल्याइन ‘गोर्खाली चेली गुन्यो चोलीमा’ बोलको गीत

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७९, शनिबार ०१:०६

लण्डन । बेलायतमा रहेर नेपाली लोक गीत सगींत क्षेत्रमा सक्रिय सुजाता काफ्लेले मत हजुर नेपाली बोलको तीज गीत बजारमा ल्याउने भएकी छन् । गीतमा गायक प्रकाश कटुवाल र गायिका काफ्लेको आवाज रहेको छ भने शब्द बिनोद ढकालको रहेको छ । गीतको म्यूजिक भिडियोको पनि बोयतमा नै छायांकन गरिएको छ । प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गर्ने गायिका काफलेले बताइन् ।

आफ्नो गीतले दर्शक र श्रोताको मन जित्न सफल हुनेमा गायिका काफ्ले बिश्वस्त छन् । तीजको अवशरमा सम्पूर्णलाई छमछमी नचाउँन र माया प्रेमका भावहरु एक आपसमा साटासाट गराउने उद्देश्यले आफूले सो गीतको निर्माण गरेको गायिकाको भनाइ छ ।

भिडियोमा नेपाली मौलिक संस्कृति र शब्दहरुको उत्कृष्ट संयोजन रहेको गायिका काफ्लेले बताइन् । यसअघि गायिका काफ्लेको ऐँसेलुमा म्यूजिक भिडियोले निकै चर्चा कमाउन सफल भएको थियो । बेलायतको वार्टफोर्ट स्थित कृष्ण मन्दिर लगायत बिभिन्न स्थानमा छायाकंन हुँदै गरेको गीतको म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका बिजेता खड्कबहादुर पुन मगर गायक एवम् डान्सर नीर आले, प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दीपक मैथाने मगरको अभिनय रहेको छ।

कोरियोग्राफर तथा निर्देशकको रुपमा पहिलो गुरुङ चलचित्र पातेकी नायिका सरु राना गुरुङ रहेकी छन् । म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।