७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए एशिया क्षेत्रिय सम्मेलन: पत्रकार सम्मेलन आज

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७९, शनिबार ०१:२१

काठमाडौं । अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी विषयक पत्रकार सम्मेलन गरिने भएको छ भोलि अर्थात् शनिबारको जुलाई २३ तारिखका दिन जुम भर्चुअल माध्यमबाट सम्मेलन गर्न लागेको एनआरएनए एसिया-प्रशान्त सदस्य सचिव प्रदीप न्यौपानेले जानकारी दिएका छन्।

एनआरएनए एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलन मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने सो सम्मेलनको मुख्य नारा “मिलाप, टुगेदर वी स्ट्याण्ड” राखिएको छ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा दुई वटा औपचारिक सेशन कार्यक्रमको आयोजना गरिने छ भने बाँकी आनौपचारिक तथा पर्यटकिय हुने छन्। तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनर समेत गरी सम्मेलन दर्ता शुल्क २ सय डलर तोकिएको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदका समन्वय परिषदका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।

सो रकममा प्रतिनिधिहरुले क्रुज शयर तथा कक्टेल , डिनरको आनन्द लिन सक्ने छन्। सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षहरु कुल आचार्य, रविना थापा, डा. बद्री केसी लगायत संघका पदाधिकारीहरुको विशेष उपस्थिती रहनेछ भने प्रमुख आतिथ्यता श्रम तथा रोजगार मंत्री शेर वहादुर कुँवरको सहभागीता जनाउने छन्। त्यस्तै सम्मेलनमा पूर्वअध्यक्षहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत कलाकार सन्दिप क्षेत्री,पत्रकार ऋषि धमलाको पनि सहभागीता लगभग तय भैसकेको आयोजकले जनाएको छ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या र पहिचान , श्रमिकहरूको अवस्था, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरता लगायत संस्थागत एकताको बारेमा व्यापक छलफल हुने अर्का एनआरएनए एशिया प्यासिफिक क्षेत्रिय संयोजक डिपी कँडेलले बताउनुभयो।

अन्य विषयमा जानकारी को लागि आजको कार्यक्रममा जोडिन सञ्चारकर्मी तथा एनआरएन अभियन्ताहरुलाई आयोजकले अनुरोध गरेको छ।

What : Press Meet of Milap 9th Asia Pacific Regional Conference

When : July 23 , Saturday

Time : 19:00 NPT

Join Zoom Meeting

https://zoom.us/j/95785293921?pwd=YUtnWVVCeFBId1AwdnVsMlB4aVF4UT09

Meeting ID: 957 8529 3921

Passcode: 2022